कार्तिक २३ । आईओएस १४.२ को नयाँ अपडेटले आइफोन प्रयोगकर्ताहरुलाई १०० ओटा नयाँ इमोजी दिएको छ। यसलाई पाउनका लागी प्रयोगकर्ताहरुले आफ्नो आइफोनमा भएको आईओएसलाई अपडेट गर्नुपर्ने हुन्छ। यो अपडेटमा होमपोडलाई एप्पल टीभी फोरके सगँ जोड्न सकिने सुविधा दिइएको छ। भने एयरपोडहरु पनि कम समयमा नै चार्ज गर्न सकिन्छ।
यो अपडेटमा सबैभन्दा आकर्षक अपडेट भने इमोजी रहेको छ। नयाँ अपडेटमा कालो बिरालो, ब्लू बेरी, सील, डोडो, जस्ता ईमोजीहरु थपिएका छन्। दृश्य परिवर्तनमा हेर्दा एप्पलले आठ ओटा नयाँ वालपेपरहरु थपेको छ जुन भने दुवै डार्क र लाइट मोडमा प्रयोग गर्न मिल्छ।
एप्पलले प्रयोगकर्तालाई कुन सीमा सम्मको भोलुममा गीत या अडियो सुन्न मिल्ने भनेर पनि चेतावनी दिने गर्दछ। यो अपडेट गर्नका लागी प्रयोगकर्ताले सुरुमा सेटिङ्गमा जानुपर्छ र त्यसपछि जनरलमा गएर आफ्नो फोनमा रहेको सफ्टवेयर अपडेटमा थिच्नुपर्छ।


























