कार्तिक २३ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले आज लाजियोसँग खेल्दैछ। युभेन्ट्सले बलियो टिम लाजियोसँग उसैको मैदानमा खेल्नेछ। दुई टिमबीचको खेल नेपाली समय अनुसार सवा ५ बजे सुरु हुनेछ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ। युभेन्ट्स सिजनको चौंथो जित निकाल्ने योजनामा हुनेछ। युभेन्ट्स ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। लाजियो १० अंक जोडेर नवौं स्थानमा रहेको छ। लाजियो घरेलु मैदानमा जित निकाल्दै शीर्ष पाँचमा उक्लन चाहन्छ।
सिरी ‘ए’ अन्तर्गत नै लिग लिडर एसी मिलानले घरेलु मैदानमा हेलास भेरोनासँग खेल्नेछ। मिलान घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानको अग्रता कायम गर्न चाहन्छ। मिलानले ६ खेलमा १६ अंक जोडेको छ। यस्तै एटलान्टाले घरेलु मैदानमा इन्टर मिलानसँग खेल्नेछ। रोमाले जिओनासँग खेल्दा नापोली बोलोग्नासँग खेल्नेछ। एजेन्सी


























