मुम्बई, कार्तिक २३ । बलिउडमा यस्ता स्टार छन्, जसलाई दर्शकले एउटै पर्दामा देख्न चाहन्छन्। त्यो लिस्टमा सलमान खान र शाहरुख खानको नाम पनि सामेल छ। आज पनि दर्शकले सलमान र शाहरुखलाई एउटै फिल्ममा हेर्न चाहन्छन्।
कैयन् वर्षदेखि सलमान र शाहरुख एउटै फिल्ममा देखिएका छैनन्। अब भने यी दुईलाई एउटै फिल्ममा देख्न सकिने सम्भावना बढेर गएको छ। शाहरुख खानले त लामो समयदेखि फिल्ममा काम गरेका पनि छैनन्। उनले सन् २०१८ मा रिलिज भएको ‘जिरो’ फिल्मपछि काम गरेका छैनन्। शाहरुखले अन्य कैयन् प्रोजेक्ट पनि रिजेक्ट गरेका छन्।
हालै खबर आएको छ कि, शाहरुख खान र सलमान खानले एकसाथ फिल्म्मा काम गर्न लागेका छन्। तर, यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन। मुम्बई मिररको एक रिपोर्टअनुसार सलमान खान र शाहरुख खानले एकसाथ फिल्म ‘पठान’ मा काम गर्दैछन्। फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ।
यसअघि सलमान र शाहरुखलाई फिल्म कुछ कुछ होता है, ओम शान्ति ओम लगायतका फिल्ममा एकसाथ देखिएको थियो। यस्तै सलमान खानको ट्युबलाइट मा पनि शाहरुख खानको सानो भूमिका थियो। एजेन्सी


























