चितवन, कार्तिक २३ । मोटरसाइकल चोरी गर्ने एक समूहलाई चितवन प्रहरीले पक्राउ गरेको छ। चितवन लगायत विभिन्न जिल्लामा मोटरसाइकल चोरी गर्ने तथा चोरीको मोटरसाइकल खरिद गर्ने ७ जनालाई चितवन प्रहरीले आज सार्वजनिक गरेको हो। प्रहरीले विभिन्न कम्पनीका ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ।
पक्राउ परेकाहरुको साथबाट तिन वटा र बेवारिसे अवस्थामा चारवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ। प्रहरीले मोटरसाइकल चोरी गर्ने बारा जिल्ला करैयमामाइ गाँउपालिका वडा नम्बर ५ घरभई हाल खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २८ को विजय चौधरी, सोहि स्थान ५ घर भई हाल भरतपुर ३ बस्ने बर्ष १९ को राकेश चौधरी, बारा केल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २४ को महेश चौधरीलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट चोरीको मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २४ को समिर चौधरी, सोहि स्थानको बर्ष २८ को अमित चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै मोटरसाइकल चोरी गर्ने भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने बर्ष २६ को दिनेश गुरुङ र भरतपुर ११ बस्ने बर्ष २५ को मनोज दराईलाई समेत प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले जानकारी दिए। चोरी भएका मोटरसाइकलहरुको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ हो। प्रहरी आफ्नै ग्राहक बनेर समेत चोरहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक गुरुङले बताए।


























