कार्तिक २३ । काबुलमा शनिबार भएको विष्फोटमा एक पत्रकारसहित तीन जनाको मृत्यु भएको छ। विस्फोट विद्रोही तालिवान समूहले गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले जनाएको छ।
उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ। यो समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन। एजेन्सी
Facebook Comments


























