कार्तिक २३ । अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ। छिट्टै आन्तरिक मन्त्री कार्ल नेहम्मर र एकीकरण मन्त्री सुसान राबकोसाथ एक पत्रकार सम्मेलनमा थप विवरण दिने जानकारी दिइएको अल जजीराले उल्लेख गरेको छ।
गत सोमबार भएको आतङ्ककारी आक्रमणमा चार व्यक्तिको मृत्यु भएको थियो। उक्त आक्रमणलाई अस्ट्रियामा यो दशकमा नै भएको पहिलो ठूलो आतंकवादी हमला भनिएको छ। भियना आक्रमणमा गोलीबारी गर्ने व्यक्ति २० वर्षका अस्ट्रियाका नागरिक कुज्टिम फेजुलेई पनि प्रहरीको प्रत्याक्रमणमा मारिएका अल अधिकारीहरूले उल्लेख गरेका छन्।
अस्ट्रियाका अधिकारीहरूको एक विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित अधिकारीहरूसँगको छलफलपछि हामी एउटा मस्जिद बन्द गर्दैछौं, किनकि यसले राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ।’
फेज्जुलेई इस्लामिक स्टेटमा सम्मिलित हुन सिरिया गएका र उनी डिसेम्बरमा जेलबाट छुटेका थिए। जेलबाट छुटेदेखि उनले बारम्बार दुईवटा मस्जिदको भ्रमण गरेका थिए । ती दुई मस्जिदहरू भियनाको पश्चिमी सहरमा थिए। एजेन्सी


























