हेटौंडा, कार्तिक २३ । मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार एक व्यक्तिको हत्या गरी फरार भीमराज भोलन ललितपुरबाट पक्राउ परेका छन्।
बकैया–४ नयाँ दमारमा स्थानीय २० वर्षीय विकास वाइबाको हत्या गरी फरार रहेका भोलनलाई प्रहरीले ललितपुरको बागमती गाउँपालिका–२ को मण्डलाबाट शनिबार साँझ पक्राउ गरेको प्रहरी चौकी हात्तीसुडेका इन्जार्च प्रहरी सहायक निरीक्षक कृष्णराज गौतमले जानकारी दिए। शुक्रबार दमार सिमात खोला नजिक विकास वाइबाको हत्या भएको थियो।
Facebook Comments


























