कार्तिक २३ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे। ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एकरएक गोल थपे। बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एकरएक गोल फर्काए। जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ। तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ। बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ। एजेन्सी
Facebook Comments


























