कार्तिक २२ । भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगको नयाँ सिजन जनवरी दोस्रो साताबाट सुरु हुने भएको छ। अल इन्डियन फुटबल फेडेरेसन (आईएफएफ) ले नयाँ सिजन जनवरी ९ बाट सुरु हुने जनाएको छ। १४ औं संस्करणको लिगका सम्पुर्ण खेलहरु कोलकातामा आयोजना हुने आईएफएफले जनाएको छ। कोरोनाको महामारीलाई मध्ये नजर गर्दै यस पटकको लिग एकै स्थानमा गर्न लागिएको हो।
कोरोनाकै कारण सहभागी ११ टिमले प्रतियोगिताको उद्घाटन खेलको १४ दिन अगाडी नै आयोजकले तयार गरेको बायो सेक्युर बबल भित्र प्रवेश गर्नु गर्नेछ।
आईएफएफले खेल तालिका भने सार्वजनिक गरेको छैन।
लिगको पहिलो चरणमा सबै टिमलाई एक अर्कासँग प्रतिस्पर्धा गराइनेछ। त्यसपछि शीर्ष ६ र पुछारका पाँच टिमको दुई छुट्टै समूह बनाईनेछ। समूह विभाजनपछि फेरी एक अर्कासँग खेल्नेछ। त्यसपछि दुई समूहबीच पुनः एक अर्कासँग प्रतिस्पर्धा गराईनेछ। जसमा सर्वाधिक अंक जोड्ने टिम च्याम्पियन बन्नेछ।
यस पटकको लिगमा नेपाली राष्ट्रिय फुटबल टिमका दुई खेलाडीले सहभागिता जनाउने छन्। नेपाली टिमका कार्यवाहक कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु पन्पंजाब एफसीबाट खेल्नेछन्।
यस्तै युवा स्ट्राइकर अभिषेक रिजाल मोहम्मेडन स्पोर्टिङ क्लबबाट खेल्नेछन्। उनको टिम आईलिगमा छनोटबाट बढुवा भएको हो। छनोट खेलमा अभिषेकले दुई गोल गरेका थिए। एजेन्सी
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









