काठमाडौं, कार्तिक १५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच संवाद सुरु भएको छ। प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।
नेकपाका दुई अध्यक्षबीच विगत ११ दिनयता संवाद हुन सकेको थिएन। संवाद टुटेको ११ दिनपछि प्रचण्ड शनिबार दिउँसो १ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
मन्त्रीपरिषदमा भएको हेरफेर, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्रीले रातिमा गरेको भेटसहितका विषयलाई लिएर नेकपामा विवाद चुलिएको छ। अहिले ओली र प्रचण्डबिच चिसिएको सम्बन्ध सुधारको प्रयासमा वार्ता भइरहेको हो।
Facebook Comments


























