डोटी, कार्तिक १५ । दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ। प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो।
शुक्रबार बाख्रा घर आए पनि शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भिरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर विष्टले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























