काठमाडौं, कार्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्। वरिष्ठ नेता मधवकुमार नेपालसँग शनिबार बिहान आफ्नै निवासमा छलफल गरेका प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि दिउँसो सवा १ बजे बालुवाटार पुगेका हुन्।
अध्यक्षद्वयबीच अहिले प्रधानमन्त्री निवासमा छलफल भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए। पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समधानका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको सापकोटाले जानकारी दिए।
‘दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ’, सापकोटाले भने, ‘ पार्टीभित्रको विवाद समधान र समसामयिक राजनीतिक विषयमा कुरा भइरहेको छ।’
पछिल्लो समय कर्णाली प्रदेशमा देखिएको विवादलाई लिएर दुई अध्यक्षले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेपछि संवाद रोकिएको थियो। त्यसअघि दुई अध्यक्षबीच निरन्तर संवाद हुँदै आएको थियो।


























