मुम्बई, कार्तिक १३। बलिउडकी चर्चित अभिनेत्री हुन् श्रद्धा कपूर। सन् २०१० को फिल्म ‘तीन पत्ती’ बाट अभिनय यात्रा शुरु गरेकी श्रद्धाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन्।
भारतिय मिडियाका अनुसार उनी फेरि ठूलो पर्दामा देखिदैछिन्। फिल्ममा उनी पहिलो पटक नागिनको भूमिकामा देखिने बताइएको छ। विशाल फुरियाले निर्देशन गर्ने फिल्म नागिन मा उनले इच्छाधारी नगिन बन्न लागेकी हुन्।
आफू इच्छाधारी नगिन बन्न लागेको बारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। प्रेमकथामा आधारित रहने यस फिल्मको कथा मनपरेपछि उनले फिल्म साइन गरेकी हुन्। उनले यस फिल्मलाई लिएर आफू उत्साहित भएको बताएकी छिन्। यसअघि पनि ८० को दशकमा श्रीदेवीले नागिन बनेर सबैको मन जितेकी थिइन्। फिल्मलाई निखिल द्विवेदी, विशाल फुरिया र सैफरान ब्राडकास्ट तीनजना मिलेर बनाउन लागेको भारतिय मिडियाका बताइएको छ। एजेन्सी


























