कार्तिक १० । फेसबुकले मसिन लर्निङमा आधारित एउटा नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ। जसले १०० वटा भाषालाई अंग्रेजीमा अनुवाद गर्न सक्छ। फेसबुकको दाबी अनुसार यो विश्वकै पहिलो सफ्टवेयर हो, जसले १०० भाषाको अंग्रेजी अनुवाद गर्न सक्छ। फेसबुकको यो सफ्टवेयर ओपन सोर्स आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर हो।
जसबाट सामाजिक सञ्जालमा १६० भन्दा धेरै भाषामा रहेका सामग्रीलाई प्रयोगकर्ताको भाषामा अनुवाद गर्नका लागि तयार पारिएको हो। यो सफ्टवेयरको लाभ फेसबुकका दुई अर्बभन्दा बढी प्रयोगकर्ताले उठाउन सक्नेछन्।
यो सफ्टवेयरका अनुसन्धान सहायक एन्जेला फेनले यो सफ्टवेयरका लागि फेसबुकको रिसर्च टिमले वर्षौंदेखि काम गरेको बताइन्। उनको दाबी अनुसार यो नयाँ सफ्टवेयर कुनै अन्य टूलभन्दा उत्तम छ।
एन्जेला फेनले आफ्नो ब्लगमार्फत भनेकी छिन्, ‘हामी चिनियाँदेखि फ्रेन्चमा अनुवाद गर्न चाहन्छौं। तर धेरैजसो प्लेटफर्ममा हामीलाई चिनियाँबाट अंग्रेजी र अंग्रेजीबाट फ्रेन्चमा अनुवाद गर्नुपर्ने हुन्छ।
किनकि अंग्रेजी ट्रेनिङ डेटा सजिलै प्राप्त हुन्छ। जब कि हाम्रो मोडलमा चिनियाँबाट सोझै फ्रेन्चमा अनुवाद गर्न सकिन्छ। फेसबुकले हरेक दिन २० अर्बभन्दा बढी अनुवाद गर्दछ।
जुन उसको न्युज फिडमा देखिन्छ। नयाँ टूलबाट फेसबुकको अनुवाद झन् छरितो हुनेछ। फेसबुकको यो नयाँ टूलको नाम फेसबुक एम टू एम हन्ड्रेड राखिएको छ। एजेन्सी


























