काठमाडौं, कार्तिक ७ । दशैंको सातौ दिन फूलपातीको अवसर पारेर चलचित्र ‘चिलगाडी’को घोषणा गरिएको छ। जनकदिप पराजुलीले यो चलचित्रको निर्देशन गर्ने पक्का भएको छ।
सागर प्रधानको छायांकन रहने चलचित्रका लागि नायक नाजिर हुसेन फाइनल भैसकेका छन्। अन्य कलाकार दशैंपछि तय गरिने निर्माणपक्षले बताएको छ। चलचित्रमा नायिका केकी अधिकारी फाइनल भन्ने चर्चा चलेपनि उनीसँग कुरा पक्का भएको छैन। निर्माणपक्षले दशैंपछि नायिका फाइनल गर्ने बताएको छ।
फागुणबाट छायांकनमा जाने चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माताको छ। रघुनाथ सापकोटाको निर्माणमा बन्न लागेको चलचित्रमा यम थापाको कथा छ।
Facebook Comments


























