काठमाडौं, कार्तिक ५ । जनता समाजवादी पार्टी (जसपा) ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ। गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो।
समायोजन सहजीकरणका लागि बनेको कार्यदलमा प्रदेश १ मा परशुराम खापुङ, परशुराम बस्नेत, केशव झा र मनिष सुमन तथा प्रदेश २ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित छन्।
यस्तै, बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ, वृषेशचन्द्र लाल, अकवाल अहमद शाह र रणध्वज कन्दङ्वा छन्। गण्डकीमा हेमराज राई र रमेश यादव, लुम्विनीमा नवराज सुवेदी, ईस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरी रहेका छन्।
कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरी तथा सुदूरपश्चिम प्रदेशमा दुर्गा सोब, नवराज सुवेदी, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मालाई कार्यदलमा राखिएको छ।
यसैगरी, भातृ तथा जनवर्गीय संगठन समायोजन सहजीकरण कार्यदलमा रकम चेम्जोङ, रामसहायप्रसाद यादव, हिसिला यमी, सुशीला श्रेष्ठ, उमाकान्त झा, वृषेशचन्द्र लाल, केशव झा, मनिस सुमन र दुर्गा सोब छन्।
गैर–भौगोलिक, शिल्पी र दलित विशेष प्रदेश सहजीकरण कार्यदलमा प्रकाश अधिकारी, दानबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र महेन्द्रराय यादव, प्रदेश क्षेत्र विशेष कार्यदलमा हिसिला यमी, रेणुकुमारी यादव र राजकिशोर यादव तथा पहिचानमा आधारित राष्ट्रिय समितिहरू समायोजन कार्यदलमा राजेन्द्र श्रेष्ठ, डमरु बल्लभ खतिवडा, रणध्वज कन्दङ्वा, अरवल अहमद शाह, केशव झा र सुनील रोहित छन्।


























