काठमाडौं, कार्तिक ४ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दैछ। बैठक आज बिहान साढे ११ बजे बस्ने नेता केशव झाले बताए। बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद्को गठन, समायोजन लगायतका एजेन्डा रहेका नेता झाले बताए।
जसपाको केन्द्रीय समितिको आकार ८ सय १ हुने र संघीय परिषद् १ हजार २ सय १ हुने तय भएको छ। जसपाको यो दोस्रो केन्द्रीय कार्यकारिणी समितिको बैठक हो। यसअघि गत साउन २१ देखि २४ गतेसम्म पहिलो बैठक बसेको थियो।
गत बैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी गठन भएको थियो। एकता भए पनि समायोजजन र कार्यविभाजन लगायतका काम सकिएको छैन।
Facebook Comments


























