कार्तिक ४ । जापानमा आयोजना हुने टोकियो ओलम्पिक रुसी ह्याकरहरुको निशानामा परेको छ। बेलायतका अधिकारीहरुले टोकियो ओलम्पिक रुसी ह्याकरको निशानामा परेको बताएका छन्। बेलायती अधिकारीले टोकियो ओलम्पिक २०२१ मा सर्नु अघि रुसी ह्याकरको निशानामा परेको बताएका हुन्।
कोरोना भाईरसको कारण टोकियो ओलम्पिक एक वर्ष सारिएको थियो। प्रतियोगितालाई बाधा पुर्र्याउने उदेश्यले रुसी ह्याकरले हमला गरेको अधिकारीले बताएका छन्। बेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ‘आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध’ साइबर आक्रमण गरेको जनाएको छ।
तर, त्यो साइबर आक्रमणको प्रकृति र तहबारे विस्तृत रूपमा खुलाईएको छैन। एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ। जसमा फुटबल र बेसबल रहेको छ। औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ। ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ। कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। एजेन्सी


























