काठमाडौं, कार्तिक ३ । मन्त्रिपरिषद्को सोमबार अपराह्न ४ बजे बैठक बस्दै छ। यो बैठकले प्रधानमन्त्री र मन्त्रीहरूले दसैँमा पाउने भत्ता कोरोना नियन्त्रण तथा उपचार कोषमा दाखिला गर्ने निर्णय गर्ने भएको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे प्रस्ताव राख्न लागेका हुन्।
साथै मन्त्रिपरिषद्ले सबै तहका सरकारलाई यस वर्षको दसैँ भत्ता कोरोना कोषमा दाखिल गर्न अनुरोध गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ। दुई दिनअघि नै लुम्बिनी प्रदेश सरकारले आफ्ना मन्त्रीहरूले पाउने दसैँ भत्ता कोरोना कोषमा खर्च गर्ने निर्णय गरिसकेको छ। साथै प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय सरकारहरूलाई पनि दसैँ भत्ता कोषमा खर्च गर्न आह्वान गरिसकेको छ।
Facebook Comments


























