काठमाडौं, कार्तिक ३ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलमा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो।
यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएकोहो।
Facebook Comments


























