कार्तिक ३ । रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो।
बेटिसको मैदानमा क्रिस्टियन पोर्टुले ४३ औं मिनेटमा गोल गर्दै सोसिडाडलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ७४ औं मिनेटमा मिकेल ओयार्जबलले सोसिडाडको अग्रता २-० को बनाए। त्यसपछि खेलको ८८ औं मिनेटमा एड्नान जानुजाजले गोल गर्दै सोसिडाडलाई ३-० को जित दिलाए। जितसँगै सोसिडाडले ६ खेलमा ११ अंक जोडेको छ। सोसिडाडको यो लिगमा तेस्रो जित हो।
बेटिसले ६ खेलमा ९ अंक जोडेको छ। बेटिस तालिकाको सातौं स्थानमा रहेको छ। अर्को खेलमा एथ्लेटिक बिल्बाओले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको छ। भिल्ला रियलले भ्यालेन्सियालाई २-१ र इल्चेले डिपोर्टिभो अल्भेसलाई २-० ले हराएको छ। एजेन्सी
Facebook Comments


























