नवलपरासी, कार्तिक ३ । गण्डक नहरमा डुबेर आइतबार साँझ एक जना बालक बेपत्ता भएका छन्। नवलपरासीको वर्दघाट सुस्तापूर्व विनयीत्रिवेणी गाउँपालिका–७ ब्यारेजपुल पश्चिम गण्डक नरहमा डुबेर स्थानीय पाँच वर्षीय बालक बेपत्ता भएका हुन्।
विनयीत्रिवेणी गाउँपालिका–७ का प्रेम मिश्रले नहरको नजिकै ना १ ह ४५७८ नम्बरको ई–रिक्सा रोकेर पसलमा सामान किन्न गएको अवस्थामा उनका छोरा शिवम् मिश्रले ई–रिक्सा स्टार्ट गर्दा अनियन्त्रित भइ नहरमा खसेको प्रहरीले जनाएको छ।
Facebook Comments


























