गोरखा, कार्तिक ३ । गोरखा नगरपालिका–४ पन्थेश्वाँराबाट १२ जुवाडे पक्राउ परेका छन्। जुवा खेलिरहेको अवस्थामा एक लाख ४६ हजार रुपैयाँ र ३९ वटा कौडासहित आइतबार राति उनीहरू पक्राउ परेका हुन्।
स्थानीय कृष्णबहादुर खवासको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी सुरेन्द्रबहादुर गुरुङले बताए।
Facebook Comments


























