काठमाडौं, कार्तिक २ । नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता वापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका छन्। सांसद थापाले आज दशैंभत्ताबापत सचिवालयले दिएको रकम नगद नै लेखा शाखामा फिर्ता गरेका हुन्।
कोरोना महामारीको यस विषम परिस्थितिमा पनि सांसदहरुलाई दशैंभत्ता उपलब्ध गराउने कुरा सरकारले सोच्न समेत नहुने उनले बताए। सांसद थापाले आफूलाई थाहा नै नदिई दशैंभत्ता दिएको भन्दै फिर्ता लैजान समेत पत्रमार्फत आग्रह गरेका थिए। सांसद थापा कोरोनाका कारण अहिले होम आइशोलेसनमा छन्। उनले सचिवालयमार्फत रकम फिर्ता गरेका हुन्।
Facebook Comments


























