कार्तिक २ । भिभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भिभो भी ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ। ४४ मेगापिक्सेल आई अटोफोकस क्यामेरा र अटोफोकस सहितको सेल्फी क्यामेराका साथ कम्पनीले आफ्नो प्रिमियम स्मार्टफोन नेपाली बजारमा ल्याएको हो।
भी ट्वान्टी स्लिम र हलुका छ। ७.३८ एमएम अल्ट्रा स्लिक एजी ग्लास रहेको यो फोनले युवा प्रयोगकर्ताहरुको द्रुत गतिको जीवनशैलीलाई सहजता दिलाउने विश्वास कम्पनीले लिएको छ। यसमा ६४ मेगापिक्सेल क्यामेराको साथमा सुपर नाइट मोड पनि दिइएको छ। जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरीय तस्वीर खिच्न सक्दछ।
३३ वाट फ्ल्याश चार्जरका साथ आएको भी ट्वान्टीमा दिनभर लगातार रुपमा प्रयोग गर्न सकिने ब्याट्री रहेको छ। भिभो नेपालले सेल्फीको क्रेज भएका फोटोग्राफी र सिर्जनामा रमाउनेहरुलाई लक्षित गर्दै यो स्मार्टफोन बजारमा ल्याइएको जनाएको छ। यसमा रहेको उत्कृष्ट फिचर र डिजाइनले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा नै बदलाव ल्याउने दाबी कम्पनीले गरेको छ।
क्यामेरा
भी ट्वान्टीमा राखिएको अत्याधुनिक क्यामेरामा उत्कृष्ट अटो–फोकस रहेको छ। जसले सेल्फीमा रमाउनेहरुका लागि एउटा नयाँ अनुभव दिलाउनेछ।स्मार्टफोनमा आई अटोफोकस युक्त फिचर भएको ४४ मेगापिक्सेलको क्यामेरा राखिएको छ । जसले सेल्फी लिँदा तस्वीरमा सधैं फोकस बनाइराख्छ।
यसबाट गतिमा रहेको वस्तुहरुमा फोकस गर्न विशेष किसिमको अल्गोरिदम प्रयोग गरिएको छ। यसमा रहेको शक्तिशाली सब्जेक्ट–ट्र्याकिङ प्रविधिले फोटो र भिडियोहरुको गुणस्तरमा थप निखार ल्याउने गर्दछ।
यो फिचरबाट सेल्फी प्रेमी र कन्टेन्ट सर्जकहरुले निकै लाभ उठाउन सक्ने कम्पनीले बताएको छ। उत्कृष्ट अटोफोकस विशेषताका साथ प्रयोगकर्ताहरुले अँध्याँरो र कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट र उज्यालो सेल्फी लिन सक्नेछन्। भिभो भी ट्वान्टीको विभिन्न एक्स्पोजर र नोइज–क्यान्सिलेसन अल्गोरिदमले अँध्यारोमा पनि अनुहारको अत्याधिक विशिष्ट विवरणहरु सेल्फीमा कैद गर्न सक्छ।
साथै, यसमा भएको औरा स्क्रिन लाइट ले स्वतः रुपमा उत्कृष्ट सेल्फीका लागी प्रकाश मिलाउँदै तस्वीरमा आकर्षक कलर टेम्प्रेचर र प्र्राकृतिक स्किन–टोन प्रदान गर्दछ।
फोनमा राखिएको डुअल भ्यु भिडियो फिचरले फ्रन्ट र रियर दुवै क्यामेरा एकसाथ प्रयोग गरी भिडियो रेकर्ड गर्न सकिन्छ। यसले फ्रन्ट र रियर क्यामेराको फुटेजलाई आपसमा जोड्दछ। जसले गर्दा प्रयोगकर्ताहरुले एकै पटकमा दुईतर्फ बसेर अन्तक्रियात्मक भिडियोहरु सहजै रेकर्ड गर्न सक्दछन्।
यसमा रहेको स्लोमो सेल्फी भिडियो फिचरबाट प्रयोगकर्ताले वास्तविक पलहरुलाई कैद गरी समयको गति नियन्त्रण गर्न सक्छन्। यो फिचरको सहयोगमा २४० एफपीएसको आनन्द लिँदै छिटो र ढिलो गतिमा स्विच गर्न सकिन्छ।
यसैगरी भी ट्वान्टीमा रहेको स्टेडीफेस सेल्फी भिडियो फिचरको सहयोगमा फोटोग्राफी र भिडियोग्राफी अनुभवलाई सेल्फी भिडियोलाई थप पूर्ण तुल्याउँछ।यसले अनुहारमा फोकस केन्द्रीत गर्दछ र फोनबाट भिडियो खिच्दा हात वा शरीरको चालको कारणले हुने धमिलोपनलाई घटाउँदछ।
यसमा रहेको फेस–डिटेक्सन अल्गोरिदमले भिडियो लिँदा स्थिरता प्रदान गर्दछ। साथै यो फोनमा फोरके सेल्फी भिडियो खिच्न सकिने फिचर समेत रहेको छ। जसबाट थप निखार सहितको भिडियो खिच्न सकिन्छ।
यसले आकर्षक र लोभलाग्दा इफेक्टस्हरु प्रयोग गर्नको लागि एडिटिङ–टुल–किटसमेत प्रदान गर्दछ। त्यस्तै मौलिक रंग र फेस ब्युटीका लागि फोनमा मल्टी स्टाइल पोट्रेट र एआर स्टिकर फिचर दिइएको छ। जसले फाटो– स्टाइल–इफेक्टको एक विस्तृत विविधता सहितको रचनात्मकताको माग पूरा गर्दछ।
फोनमा ६४ मेगापिक्सेलको मूख्य क्यामेरा राखिएको छ। साथमा ८ मेगापिक्सेलका मल्टी फंसन क्यामेरा पनि दिइएको छ। जसमा सुपर वाइड एंगल, बोके र सुपर म्याक्रो लिन सकिन्छ।
सँगसँगै यसमा दुई मेगापिक्सेलको मोनो क्यामेरा समेत छ। मल्टी फङ्सनल क्यामेराले सुपर म्याक्रो, बोके र ब्ल्याक एण्ड ह्वाइट इफेक्टका साथै फोटोग्राफीको लागि अनेकौं परिवेश तयार पार्दछ।
रियर क्यामेराको सुपर नाइट मोडको सहयोगमा विशेष प्रकारका फिल्टरबाट अन्धारमा लुकेको छायाँलाई पनि सहजै कैद गर्न सकिन्छ। यसमा रहेको ट्राइपोड नाइट मोडले स्थिरता र एक्सपोजर बढाँउछ। जसले गर्दा रातको सुन्दरता सहजै कैद गर्न सकिन्छ।
यस्तै फोनको रियर क्यामेरामा रहेको मोसन अटोफोकस फिचरले गतिमा रहेका वस्तुलाई ट्र्याक गर्दछ। कुनै पनि व्व्यक्ति वा वस्तुमा मात्र दुई पटक ट्र्याक गरेपछि, पुरा फ्रेमभित्र निरन्तर फोकस बसिरहन्छ।
डिजाइन
भी ट्वान्टी आफ्नो अल्ट्रा–स्लिक र स्टाइलिस कलर पल्लेटको साथमा आकर्षक देखिन्छ। ७.३८ एमएम अल्ट्रा स्लिक डिजाइन र २.५ डी को आकारमा रहेको यो फोन केवल १७१ ग्राम तौलको छ। यसमा ६.४४ इन्च एमोलेड फुल एचडी डिस्प्ले रहेको छ।
एजी ग्लास प्रविधि र रचनात्मक त्रिकोणीय म्याट्रिक्स् क्यामेरा सेटअपले फोनलाई प्रिमियम लुक दिएको छ। एजी ग्लास प्रविधिले फोनको पछाडि भागमा राम्रो पकड दिन्छ।
एजी मेट ग्लासले धुलोरहित र स्क्रयाच प्रतिरोधको कामसमेत गर्नुका साथै नरम स्पर्श पनि प्रदान गर्दछ। यसमा डुअल टोन स्टेप समेत राखिएको छ। जसले पछाडिको रियर क्यामेरालाई राम्ररी पातलो तहहरुमा संगठित छन्। भिभो भी ट्वान्टी मिडनाइट जाज र सनसेट मेलोडी गरी दुईवटा कलर भेरियन्टमा खरिद गर्न सकिनेछ।
पर्फर्मेन्स
भी ट्वान्टीमा शक्तिशाली कम्प्यूटिङ उपकरणको रुपमा निर्माण गरिएको छ। क्वालकम स्नापड्रागन ७२० जी प्रोसेसर राखिएको यो फोनमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ।
साथै, यो फोनमा अपरेटिङ सिस्टम एन्ड्रोइड इलाभेनमा रन हुने गर्दछ। फोनमा ४००० एमएएच क्षमताको ब्याट्री राखिएको छ। जसमा ३३ वाटको फ्ल्याश चार्जिङ प्रविधि प्रयोग गरिएको छ। यसमा पर्फर्मेन्सका लागि मल्टी टर्बो प्रविधि राखिएको छ। आइतबारदेखि नेपाली बजारमा आएको यो फोनको मूल्य ४७ हजार ९९० रुपैयाँ राखिएको छ।


























