काठमाडौं, कार्तिक २ । नेकपा स्थायी कमिटी सदस्य जनर्दन शर्माले सांसदलाई दशैं भत्ता दिनुभन्दा भेन्टिलेटर किन्न प्रस्ताव गरेका छन्। उनले आफ्नो खातामा आएको रकम कालिकोटका पूर्व लडाकुलाई दिने बताएका छन्। आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै शर्माले कोरोना महामारीको समयमा सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने बताएका हुन्।
‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो। यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौं। दशैं भत्तास्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु,’ शर्माले लेखेका छन्। नेकपाका अर्का स्थायी कमिटी सदस्य भीम रावलले पनि सांसद भत्ता फिर्ता लैजान भनेका छन्।
Facebook Comments


























