मुम्बई, कार्तिक १ । बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ। उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन्।
तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी थिइन्। करीना उनका पूर्वप्रेमी शाहिद कपूरसँग थुप्रै वर्ष सम्बन्धमा रहेर छुट्टिएकी थिइन्। शाहिदसँग ब्रेकअप भएपछि करीनालाई सैफले फिल्म सुटिङको क्रममा प्रपोज गरेका थिए तर करीनाले सैफलाई अस्वीकार गरिदिइन्।
फेरि करीना बिदा मनाउन गएको समयमा सैफले विवाहको लागि प्रस्ताव राखे। पहिलो र दोस्रो पटक करीनाले अस्वीकार गरिन् तर तेस्रोपटक पेरिसको नोटरड्याम चर्चमा गएर सैफले प्रस्ताव राखे र करीनाले स्वीकार गरिन्। एजेन्सी
Facebook Comments


























