काठमाडौं, असोज २९ । नेपाली बजारमा आज सुनको भाउ स्थिर छ। बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो।
आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको थियो। मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको थियो। आज विहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो। मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो। बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो। शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ। यता चाँदीको भाउ भने आज ५ रुपैयाँ घटेको छ। आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


























