चितवन, असोज २९ । माडीको बघौडा अस्पतालका २ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वाब परिक्षणका पठाइएकोमा माडी नगरपालिका ४ र ७ का २३ र ३६ बर्षका दुई जना पुरुषमा कोरोना पुष्टि भएको माडी नगरपालिका स्वास्थ शाखा संयोजक शिव सुबेदीले जानकारी दिए। यससँगै कन्ट्याक्ट् ट्रेसिङ्को काम सुरु गरिएको सुबेदीले बताए।
यस्तै,अस्पतालमा एमरजेन्सि बाहेकका सबै सेवाहरु एक साताका लागि बन्द गरिने भएको छ। बाँकी कर्मचारीहरुको समेत परिक्षण गरिनेछ। पछिल्लो समय बघौडा अस्पतालका स्वास्थ्यकर्मीहरुको सम्पर्कमा आएका नगरबासिहरुलाई सुरक्षित बस्न उनले अनुरोध गरे।
Facebook Comments


























