असोज २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्पमा पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ। प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको जनाएको बीबीसीले उल्लेख गरेको छ।
कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले भने संक्रमण मुक्त भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। उनी संक्रमणमुक्त भइसक्दा पनि संक्रमण भएको सार्वजनिक गरिएको थिएन।
राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए। ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन्। संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा ८१ लाख ५० हजारभन्दा बढीमा संक्रमण भएको छ। एजेन्सी
Facebook Comments


























