असोज २९ । नेसन्स लिग फुटबलमा इङ्ल्याण्डले डेनमार्कसंग अप्रत्यासीत हार ब्यहोरेको छ। बुधबार भएको खेलमा डेनमार्कले इङ्ल्याण्डलाई १–० ले हराएको हो। इङ्ल्याण्डका ह्यारी मागुईरीले सिजनको खराब सूरुवात गर्ने क्रममा ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए।
पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको इङ्ल्याण्डका रिस जेम्सले समेत अन्तिम समयमा रातो कार्ड पाएका थिए। इङ्ल्याण्ड ९ खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो।
खेलको ३५ औं मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टीमा गोल गर्दै डकमार्कका लागि विजयी गोल गरेका थिए। इङ्ल्याण्ड ७ अंक सहित समूहको तेस्रो स्थानमा रहेको छ। डेनमार्क समान अंक सहित तालिकाको दोस्रो स्थानमा छ।
सोही समूहको अर्को खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले हरायो। रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले आइसल्याण्डविरुद्ध जित निकाल्न सफल रह्यो।
खेलको नवौं मिनेटमा लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए। तर १७ औं मिनेटमा आइसल्याण्डका बिरकिर सवार्सनले बराबरी गोल फर्काए। ३८ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण तीन अंक दिलाए।
ग्यारेथ साउथगेट रहेको समूहमा बेल्जियम ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। डेनमार्क दोस्रो र इङ्ल्याण्ड तेस्रोमा छ। अंक विहिन आइसल्याण्ड तालिकाको चौथो स्थानमा छ। एजेन्सी


























