काठमाडौं, असोज २७ । आज बेलुका एप्पलको भर्चुअल इभेन्ट हुँदैछ। उक्त कार्यक्रम मार्फत आईफोन ट्वेल्भ सिरिज सार्वजनिक हुने चर्चा चलिरहेको छ।
साथै एप्पलले नयाँ एप्पल टिभी स्ट्रिमिङ बक्स, एयरपड्स स्टुडियो, एयर ट्याग्स, होमपोड स्मार्ट स्पिकर लगायतका उपकरण पनि सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएको छ।
एप्पल इभेन्ट कसरी हेर्ने ?
एप्पलले आफ्नो इभेन्ट प्राय: यसको आफ्नै इभेन्ट्स वेबपेजमा प्रसारण गर्दछ। साथै एप्पल इमेन्ट्स एपको सहायताले एप्पल टिभीमा पनि प्रत्यक्ष हेर्न मिल्छ।
त्यस्तै एप्पलको अफिसियल युट्युब च्यानलबाट पनि इभेन्ट हेर्न सकिन्छ। प्रत्यक्ष प्रसारण नेपाली समयअनुसार राती पौने ११ बजेबाट सुरु हुनेछ।
Facebook Comments


























