काठमाडौं, असोज २७ । नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले इन्दुस भ्याली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड प्राप्त गरेको छ।
टीआर गौँडेलको लेखन तथा निर्देशनमा तयार भएको २० मिनेटको चलचित्र ‘हन्ड्रेट रुपिज’ ले महोत्सवमा ‘जुरी स्पेशल मेन्सन बेस्ट सर्ट फिल्म’ अवार्ड प्राप्त गरेको हो। चलचित्रमा दिया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभियान रहेको चलचित्रको छायाँकन रबिन आचार्यले गरेका हुन्।
यसअघि विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महत्वसका लागि छनौट भएको चलचित्रले इन्दुस भ्याली चलचित्र महोत्सवमा अवार्ड प्राप्त गरेको हो। चलचित्रले बलात्कार र त्यसको पार्ने प्रभावलाई विषयवस्तु बनाएको छ।
Facebook Comments


























