असोज २५ । थाइल्याण्डमा रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु भएको छ। आज (आइतवार) बिहान तीर्थयात्री बोकेको बस रेलमा ठोक्किँदा १७ जनाको मृत्यु भएको हो भने २९ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।
थाईल्याण्डको राजधानी बैंककबाट मन्दिरतर्फ गइरहेको यात्रुबाहक बस रेलमा ठोक्किएको बताइएको छ। अहिले दुर्घटनामा परेका घाइतेको उद्धार जारी रहेको छ। एजेन्सी
Facebook Comments


























