चितवन, असोज २५ । कोरोना संक्रमणवाट चितवनको भरतपुरमा वडा अध्यक्षको मृत्युभएको छ। भरतपुर महानगरपालिकाको वडा नं.२० का वडा अध्यक्ष मणिलाल तामाङको मृत्युभएको हो। भरतपुर अस्पतालको कोभिड आइसीयूमा राखेर उपचारको क्रममा उनको मृत्युभएको अस्पताल स्रोतले जानकारी दिएको छ। यो सँगै चितवनमा पहिलो पटक कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्युभएको हो।
अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।
Facebook Comments


























