मोरङ, असोज २५ । मोरङको कानेपोखरीका एक युवाको खोलामा डुबेर ज्यान गएको छ। कानेपोखरी–४ त्रिबेणी चोक बस्ने ३३ बर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
शनिवार राती साढे १० बजे सोही स्थानमा रहेको करिया खोलामा माझीलाई आफन्तहरुले डुबेर वेहोस भएको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए। पानीमा डुबेर वेहोस भएका माझीको घोपा धरानमा उपचारको क्रममा आइतवार राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























