असोज २४ । इन्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
आबूधाबीमा भएको टसमा कोलकाताका कप्तान दिनेश कार्तिकले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्। पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ। घाइते भएका तीव्र गतिका बलर शेल्डन कटरेलको स्थानमा क्रिस जोर्डनलाई मौका दिएको छ। कोलकाताले पनि एक परिवर्तन गरेको छ। शिवम माभीको स्थानमा प्रसिद्ध कृष्णलाई मौका दिएको छ।
पन्जाब ६ खेलमा ५ मा हार र १ मा जित सहित पुछारमा छ। कोलकाता ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ। आइपिएलमा यी दुई टोलीबीच कुल २५ खेल भएको छ। जसमा कोलकता १७ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ। गतवर्ष दुबै खेलमा कोलकाता विजयी भएको थियो।
पन्जाबको प्लेइङ ११ – लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, मनदीप सिंह, अर्शदीप सिंह, ग्लेन म्याक्सवेल, निकोलस पूरन, प्रभशिम्रन सिंह, मुजिब उर हरमान, रबि बिश्रोई, मोहम्मद शामी र क्रिस जोर्डन।
कोलकाता प्लेइङ ११ – सुनिल नारायण, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक (विकेटकिपर तथा कप्तान), कमलेश नगरकोटी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र प्रसिद्ध कृष्ण।


























