काठमाडौं, असोज २४ । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ। यसअघि पाठक सहप्रवक्ता थिए। छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको साझा पार्टीको केन्द्रीय सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट उमेदवार बनेका थिए।
ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए। उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए।
Facebook Comments


























