मुम्बई, असोज २४ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ फिल्महलहरुमा पनि देखाइने भएको छ। सुशान्तको फिल्मको ओटीटी प्लेटफर्मममा डिज्नी प्लस हटस्टारमा रिलिज गरिएको थियो जसलाई दर्शकले निकै मन पराएका थिए।
अब सुशान्तको फिल्म १५ अक्टोबरबाट भारतका केही फिल्म हलमा देखाइने भएको छ। कोरोनाका कारण अहिले भारतमा फिल्महलहरु बन्द छन्। तर, अब यो फिल्म त्यहाँ हलहरु खुल्नेवित्तिकै देखाइने भएको हो। एजेन्सी
Facebook Comments


























