असोज २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) का एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार प्राप्त रिपोर्ट अनुसार एन्फाको स्टोरमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएको हो। कोरोना पुष्टि भएसंगै सम्बन्धित व्यक्तिलाई एकान्तवासमा पठाईएको एन्फाले जनाएको छ।
कर्मचारीमा संक्रमण देखिएपछि एन्फा हेडक्वार्टर तीन दिन बन्द रहने भएको छ। एन्फा महासचिव इन्द्रमान तुलाधरले कर्मचारी संक्रमित भएको पुष्टि भएकाले केन्द्रिय कार्यालय तीन दिन बन्द राख्ने निर्णय भएको बताए।
‘तत्काललाई शनिबारसम्म कार्यालय बन्द राख्ने निर्णय गरेका छौ।’ उनले भने। स्टोरका कर्मचारीको सबैसंग सम्पर्क हुने भएकाले समेत केन्द्रिय कार्यालय बन्द राखिने एन्फाले जनाएको छ।
यसअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका स्वकिय सचिव अनन्त घिमिरे कोरोनाबाट संक्रमित भएका थिए। घिमिरे अहिले एकान्तवासमा रहेका छन्। उनको अवस्था सामान्य रहेको छ।


























