असोज २२ । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ। अबुधाबीमा बुधबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रब नत्र बनाउन सक्यो। चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए। कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए। रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाए। कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो। कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले। अन्य खेलाडीले भने उलेख्य रन बनाउन सकेनन्।
सुनिल नारिनले १७ रन जोड्दा सुबमान गिलले ११ रन बनाए। कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे।चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए। यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए। जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ। कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ। चेन्नईको यो तेस्रो हार हो। ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ। एजेन्सी


























