असोज २१ । पोर्चुगिज क्लब पोर्टोले ब्राजिलियन मिडफिल्डर फिलिपे एण्डरसनलाई अनुबन्धित गरेको छ। पोर्टोले मिडफिल्डर एण्डरसनलाई प्रिमियर लिग क्लब वेस्ट ह्यामबाट लोनमा अनुबन्धित गरेको हो। २७ वर्षीय अट्याकिङ मिडफिल्डरलाई एक सिजनको लागि पोर्टोले भित्र्याएको हो।
एण्डरसन सन् २०१८ मा लाजियोबाट वेस्ट ह्याम आएका थिए। वेस्ट ह्यामका लागि उनले १ सय १७ खेलमा ३४ गोल गरेका छन्। ब्राजिलका लागि उनले २ खेल खेलेका छन्। यस्तै पोर्टोले लिभरपुलका मिडफिल्डर मार्को ग्रुजिकलाई समेत लोनमा अनुबन्धित गरेको छ। पोर्टोले क्रोएसियन मिडफिल्डरलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो। एजेन्सी
Facebook Comments


























