काठमाडौं, असोज २१ । राप्रपा र राप्रपा (संयुक्त) बीचको एकतालाई निर्वाचन आयोगले वैधता दिएको छ। वैधता दिएकोमा आयोगलाई पार्टी अध्यक्ष कमल थापाले ट्विटरमार्फत धन्यवाद दिएका छन्।
अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिह्न ‘हलो’ हुनेछु, ट्विटरमा थापाले लेखेका छन्, ‘राप्रपाको चुनावचिह्न जनतासम्म पुर्याउने प्रचार अभियान अन्तर्गत मेरो सामाजिक संजालको प्रोफाइलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु। पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु।’
२०७३ सालको एकता महाधिवेशन पछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनस् एकीकृत गर्न सकेकोमा थापाले खुसी व्यक्त गरेका छन्। उनले आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प गरेका छन्। दुई राप्रपाबीच गत फागुनमा एकता घोषणा भएको थियो। तर, चुनाव चिह्नमा सहमति हुन नसक्दा पार्टीलाई निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन।


























