काठमाडौं, असोज १९ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले अनसनरत डाक्टर गोविन्द केसीको जीवनमा खेलवाड नगर्न आग्रह गरेका छन्। चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक २२ दिनदेखि अनसन बसेका डाक्टर केसीको जीवन रक्षा गर्न पनि उनले माग गरेका हुन्। सोमबार विज्ञप्ति निकालेर गजुरेलले डाक्टर केसीका माग पूरा गर्न सरकारसँग आग्रह गरेका हुन्।
‘विगतका अनसनका दौरान वार्ताहरूमा भएका सहमतिलाई नै कार्यान्वयन गर्ने मागहरू भएको हुनाले अविलम्ब वार्ता समिति बनाई उपयुक्त मागहरू पूरा गरी उहाँको जीवन रक्षा गर्न हामी सरकारसँग माग गर्दछौं,’ उनले भनेका छन्।
Facebook Comments


























