काठमाडौं, असोज १९ । नेकपा पाँच नम्बर प्रदेश संसदीय दलको बैठक सकिएको छ। बिहान ८ बजेदेखि सुरु गर्ने भनिए पनि मुख्यमन्त्री शंकर पोखरेल ढिला आएपछि बैठक ढिला सुरु भएको थियो।
बैठक सकिए पनि मुख्यमन्त्री पोखरेलले अनौपचारिक छलफल गरिरहेको जनाइएको छ। बैठकमा सहभागी भूमिश्वर ढकालले सामान्य छलफल गरेर बैठक सकिएको बताए। प्रदेश राजधानीलाई लिएर नेकपाभित्र एकरुपता नहुदा विवाद बढेको हो। गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्ताव गरिएको थियो।
Facebook Comments


























