तम्घास, असोज १९ । गुल्मीमा आफ्नै छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ। इस्मा गाउँपालिका-४ दोहोलीका अनिलको कुटाइबाट ६० वर्षीय बुबा दिलबहादुर बस्नेतको मृत्यु भएको हो।
हिजो साँझ ६ बजेतिर घरमै बुबालाई छोराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनकराज पन्थले बताए। घाइते बस्नेतलाई थप उपचारका लागि साँझ नै तम्घास अस्पताल ल्याइएको थियो।
मुख र छातीमा गम्भीर चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गर्यो तर मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो। अस्पताल डुलाउँदा डुलाउँदै आज बिहान ४ बजे बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। छोरा अनिल भने घटनालगत्तै फरार छन्।
Facebook Comments


























