काठमाडौं, असोज १९ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ४०० रूपैयाँले घटाएको छ। महासंघले आजको भाउ निर्धारण गर्दै छापावाल सुनको मूल्य ४०० रूपैयाँले घटाएको हो। महासंघका अनुसार आज सुनको भाउ तोलामा ९४ हजार १०० रूपैयाँ छ।
हिजो सुनको मूल्य २०० ले बढ्दै ९४ हजार ५०० रूपैयाँ पुगेको थियो। यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम भएको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम छ।
Facebook Comments


























