रोल्पा, असोज १८ । रोल्पाको सुनील स्मृति गाउँपालिका २, खुङग्रीस्थित सडकबाट करिब ८ किलो ३ सय ग्राम अवैध लागुऔषध अफिम सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रुकुम भूमे गाउँपालिका ४ बस्ने ३७ वर्षीया ज्योति घर्ती, सोही ठाउँ बस्ने ३० वर्षीया निशा पुन, दाङ हारपुरका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका ९, चिसापानी बस्ने ३३ वर्षीय मोतीलाल परियार र दाङ घोराही उपमहानगरपालिका ४, राप्ती टोल बस्ने रोल्पा सुनछहारी गाउँपालिका १ सेराम घर भएका ३५ वर्षीय यामबहादुर घर्ती मगर छन्।
सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा.१५ च ३७७६ नम्बरको स्कारपियो गाडीमा इलाका प्रहरी कार्यालय खुङग्रीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अफिमसहित फेला पारी स्कारपियो चालक यामबहादुरसहित उनीहरुलाई पक्राउ गरेको हो।
Facebook Comments


























