काठमाडौं, असोज १८ । नेपालमा बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ। त्यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। आज ७ जना मृतक थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।
मन्त्रालयका अनुसार एकैदिन १ हजार ३२९ जनाले कोरोना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको छ। उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन्। ४ हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments


























