काठमाडौं, असोज १८ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डबीच छलफल चलिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच दिउँसो २ बजेदेखि छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओली-प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन र बाँकी रहेको पार्टी एकताका विषयमा छलफल चलिरहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।
यसअघि त्यहीँ विषयमा दुई अध्यक्षबीच सातौं पटक छलफल भइसकेको छ। यस्तै प्रधानमन्त्री ओलीले राजदूत नियूक्ति गरेको विषयमा अर्का अध्यक्ष दाहालसहित सचिवालयका अरु नेता असन्तुष्ट रहेका छन्।
शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएपनि ओली-प्रचण्डले भेटिरहेका छन्।


























